Section 38
प्रारम्भिक परीक्षा
(१) आयोगले तोकेको कुनै सेवा, समूह तथा उपसमूहको कुनै पदको लागि संयुक्त वा छुट्टाछुट्टै प्रारम्भिक परीक्षा लिन सक्नेछ ।
तर प्रारम्भिक परीक्षा लिन तोकेका पदमध्ये कुनै खास प्रतिस्पर्धाका लागि छुट्याइएको पदहरुमा प्रारम्भिक परीक्षा आवश्यक नपर्ने गरी आयोगले छूट गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको प्रारम्भिक परीक्षाको लागि आवश्यक विवरण खुलाई आयोगले विज्ञापन प्रकाशन गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिमको प्रारम्भिक परीक्षा लिइएकोमा त्यस्तो परीक्षा उत्तीर्ण हुने व्यक्ति मात्र सम्बन्धित सेवा, समूह तथा उपसमूहको खुला प्रतियोगिताद्वारा पूर्ति गरिने रिक्त पदको लागि उम्मेदवार हुन सक्नेछ ।
(४) प्रारम्भिक परीक्षामा उत्तीर्ण भएको व्यक्ति सो परीक्षामा उत्तीर्ण भएको मितिले आयोगले तोकेको अवधिसम्म सेवा शर्त सम्बन्धी प्रचलित कानून बमोजिम उम्मेदवार हुनको लागि निर्धारित उमेरको हद ननाघ्ने गरी सम्बन्धित सेवा, समूह तथा उपसमूहको खुला प्रतियोगिताद्वारा पूर्ति गरिने रिक्त पदको लागि उम्मेदवार हुन सक्नेछ ।
(५) प्रारम्भिक परीक्षा दस्तुर र अन्य व्यवस्था आयोगले तोके बमोजिम हुनेछ ।